logo-img

विश्वकप लिग–२ : नामिबियाविरुद्ध नेपाललाई दोस्रो ओभरमै सफलता

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो ओभरमै सफलता मिलेको छ । पहिलो सफलता मिल्नेक्रममा दोस्रो ओभरको चौथो बलमा निकोलास डेभिन रनआउट भए । उनलाई दीपेन्द्र सिंह ऐरीले सजिलै रनआउट गरे । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३७.१ ओभरमा १ सय ६८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ६४ बलमा आठ चौका र एक छक्कासहित ५८ रनको पारी खेलेका हुन् । आसिफको यो १२औँ आडिआई अर्धशतक हो । उनी ओडिआईमा १२ अर्धशतक बनाउने एक्ला नेपाली ब्याटर हुन् ।   

यस्तै, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नामिबियाका लागि बर्नार्ड स्कोल्ट्ज र जन निकोल लोफ्टी-इटनले चार/चार, गेर्हार्ड इरास्मस तथा ज्याक ब्रासवेलले एक/एक विकेट लिए ।



नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले नामिबियाविरुद्ध गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो । 
 





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १२:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया