विद्युतीय ट्याक्सी भित्र्याउने सरकारको निर्णयविरुद्ध प्रदर्शनमा व्यवसायी [तस्बिरहरू]

ट्याक्सी व्यवसायीले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । आफूहरूलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय लिएको भन्दै उनीहरूले त्यसको विरोधमा सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । विरोधस्वरूप ट्याक्सी चालकले बुधबार काठमाडौंको तीनकुनेमा र्‍यालीसहितको विरोधसभा आयोजना गरे । 

१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै विरोधको कार्यक्रम सुरु गर्नु परेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताए । 

एक भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय टयाक्सी खरिद गर्ने निर्णय गरेर आफूहरूको बिचल्ली बनाएकाले उल्लेख गर्दै उनले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए । संघर्ष समितिले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ । 

उनीहरूले नेपाली पहिचान हुने गरी इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न, इन्स्योरेन्समा हुने झनझटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् । ट्याक्सी व्यवसायीले स्वस्थ प्रतिस्पर्धाको आधारमा टयाक्सी खरिद गर्न पाउनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।  





 

 

  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १३:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया