logo-img

कोठामा श्रीमतीसहित तीनजनाको हत्या, श्रीमान् जंगलमा मृत भेटिए

काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ भने एक जना जंगलमा मृत भेटिएका छन् । 

सोलखुम्बुको दूधकुण्ड घरभई काठमाडौंको नागार्जुन नगरपालिका-६ बैराग टोल सीतापाइलामा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।

ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विक पनि मृत भेटिएका हुन् । उनी घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 



कोठामा तीनै जनाको हत्यापछि राजुले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १३:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया