logo-img

देशको समृद्धि कृषिबाट मात्रै सम्भव छ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले देशको समृद्धि कृषिबाट मात्रै सम्भव भएको भन्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । अहिलेसम्मका सरकारहरूले कृषिलाई कागजमा मात्रै अगाडि सार्दै आएको आरोप उनको छ । 

‘नाम मात्रको कृषिप्रधान हाम्रो देशमा दाल, चामल, तरकारीलगायतका कृषि सामाग्रीहरूमा परिनिर्भर हुन बाध्य हुँदै आएका छौँ,’ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको २४ औँ, ख्वप कलेजको २२, शारदा क्याम्पस माविको ३३ औँ र ख्वप कलेज अफ लको प्रथम वार्षिक उत्सवको बुधबार भक्तपुरमा भव्य उद्घाटन गर्दै उनले भने, ‘पछिल्लो ६ महिनाको मात्रै तथ्यांक केलाउने हो भने १२ अर्बको तरकारी आयात गर्नुपरेको छ । 

उनले परनिर्भताको अर्थ देश सार्वभौम नहुनुको संकेत भएको सुनाए । उनले भने, ‘जो परनिर्भर हुन्छ, उसको सार्वभौम हुँदैन । उ दाताको इसारामा चल्नुपर्ने हुन्छ ।’

नेपाल अहिले यही अवस्थामा रहेको उनले बताए । उनले नेपालको बजेट भन्दा पनि वैदेशिक ऋण धेरै भएको भन्दै चिन्ता व्यक्त गरे । 





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १७:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया