दुबईमा मृत्युदण्ड सुनाइएका दुई नेपालीको लागि तत्काल ब्लडमनी जुटाऔँ : रामहरी खतिवडा

कांग्रेस सांसद रामहरी खतिवडाले दुबईको जेलमा ब्लडमनी तिर्न नसकी  मृत्युदण्डको सजाए सुनाइएका पहलमान मगर र भुवन श्रेष्ठको ब्लडमनी ५० लाख रुपैयाँ तिरेर उनीहरूलाई नेपाल ल्याउने पहल गर्न सरकारसँग आग्रह गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोलेका सांसद खतिवडाले साथीलाई अस्पताल लैजाने क्रममा निधन भएपछि सोही केसमा मृत्युदण्डको सजाएसुनाइएका मगर र श्रेष्ठको उद्धारका लागि सरकारले जतिसक्दो चाँडो पहल गनुपर्नेमा जोड दिए ।

‘ओखलढुंगा चिसंखुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङ निवासी पहलमान मगर पाँच वर्षदेखि युएईको दुबईमा एउटा जेलमा हुनुहुन्छ । उहाँहरुलेनवलपरासीको साथी बाबुराम आलेलाई हस्पिटल लाने क्रममा आलेको मृत्यु भएपछि त्यो केसमा ५० लाख ब्लडमनी दिनुपर्ने कारणले जेलमा छन् । दुवैले ५० लाखका दरले ब्लडमनी नदिए यही महिनामा उनीहरुलाई मृत्युदण्ड दिने घोषणा यूएई सरकारले गरेको छ ।’ उनले थपे, ‘सरकारले भुवन श्रेष्ठ र पहलमान मगरलाई स्वदेशमा ब्लडमनी तिरेर ल्याउने पहल गरोस्, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले छिटो भन्दा छिटो पहल गर्नुपर्‍यो ।’ 

त्यस्तै, उनले इजरायल-हमास द्वन्द्वमा हमास नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको अवस्थाबारे सरकारले संसदमा जानकारी गराउनुपर्ने माग गरे । 

‘हमासले अपहरण गरेका विपीन जोशीको अवस्था के छ त्यो जानकारी सरकारले सदनलाई गराउनुपर्‍यो,’ सांसद खतिवडाले भने ।  





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १३:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया