ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्री के अदालतभन्दा माथि छन् ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले बालकुमारीको घटनाका दोषीलाई जेल हाल्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा शाहीले भने, ‘फागुन ६ गतेको सदनमा १२ बजेर १२ मिनेटमा प्रधानमन्त्रीले बालकुमारीको घटना हत्या हो भनेर भन्नु भएको थियो । देशको कार्यकारी प्रधानमन्त्रीले बालकुमारीको घटनाका हत्या भने पनि आदेश दिने गृहमन्त्री, भौतिक पूर्वाधारमन्त्री र गोली हान्ने प्रहरीका डिएसपीलाई पक्राउ गरेर जेल किन नहालेको ?,’ उनले प्रश्न गर्दै भने, ‘हत्या हो भने जेल हाल्नुपर्छ । प्रधानमन्त्री जस्तो मान्छेले जे पाए त्यही बोल्न पाइँदैन ।’ 

शाहीले ‘प्रधानमन्त्री के अदालतभन्दा माथि हुन्’ भनेर प्रश्नसमेत गरे । 

‘प्रधानमन्त्रीले अपराधीलाई पक्राउ गरें भन्नुहुन्छ तर सम्मानित अदालतले पक्राउ पुर्जी जारी गरेका व्यक्तिहरू प्रधानमन्त्रीसँग चिया खाइरहेका छन् । कुममा कुम जोडेर हिँडिरहेका छन्, के प्रधानमन्त्री यो देशको अदालतभन्दा ठूलो हो ?,’ उनले प्रश्न गरे । 

सांसद शाहीले देश आर्थिक संकटमा फसेको, मिटरब्याजीले आन्दोलन गर्न नपाएको, विकास योजना अलपत्र परेको बताए । 





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १३:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया