ज्ञानेन्द्र शाहीको चेतावनी- बालकुमारी घटनामा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सदन चल्न दिँदैनौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालालगायतलाई पक्राउ गर्न दबाब दिएका छन् । शाहीले प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी पनि दिए । 

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले आफ्नो दलको कार्यक्रममा रुमलिएर संसदमा नआउने तर दोष राप्रपालाई दिने भन्दै आक्रोश व्यक्त गरे । बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालगायतलाई पक्राउ किन नगरेको भनेर प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी दिएका हुन् । 

उनले भने,‘क्यालेन्डर लागु गरिएको छ । कार्य व्यवस्था समिति बनाइएको छ । सभामुखले बेला बेला बैठक बोलाउनुहुन्छ । तपाईहरु चाही गोदावरीमा पार्टीको कार्यक्रम भनेर त्यहीँ रुमलिने र संसदमा नआउने ? एक महिनामा चार पाँच पटक भन्दा बढी संसद चलाउन नसक्ने अनि हामीलाई दोष दिने ? आज प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो ? हत्या गरेका हत्यारालाई पक्राउ किन नगरेको ? रोष्टमबाट जवाफ चाहिन्छ । होइन भने संसद चल्दैन ।’

‘सांसदले जनताका आवाज राख्दै जाने, सभामुखले टाउको हल्लाइरहने, मन्त्री र प्रधानमन्त्रीले जवाफ नदिने भए यो संसद किन चलाउन पर्यो ?’ उनको प्रश्न छ । सरकारको जवाफ नआउने भए सँधैका लागि संसदलाई छुट्टी दिएर रत्नपार्कको खुला मञ्चमा गएर भाषण गरे भइहाल्यो नि, शाहीले आक्रोश पोखे । 





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार १२:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया