रुसमाथि अमेरिकाद्वारा नयाँ प्रतिबन्ध घोषणा

युक्रेनमा रुसले विशेष सैन्य कारबाही सुरु गरेको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५ सयभन्दा बढी नयाँ प्रतिबन्धको घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी विपक्षी नेता एलेक्स नाभाल्नीको रुसको आर्कटिक क्षेत्रको पेनल कोलोनीमा मृत्यु भएको कारणले पनि प्रतिबन्ध लगाइएको बताएका छन् । सो घटनामा वाशिङ्टनले रुसी सरकार जिम्मेवार रहेको दाबी गरेको छ ।

‘यी प्रतिबन्धहरूले नाभाल्नीको कारावासका साथसाथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार, खरीद नेटवर्कहरू र थुप्रै महाद्वीपहरूमा प्रतिबन्धहरू बेवास्ता गर्ने व्यक्तिहरूलाई लक्षित गर्नेछ,’ बाइडेनले उल्लेख गरेका छन् ।  

राष्ट्रपति बाइडनले उक्त प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताएका छन् ।

व्यक्तिगत वा संस्थागत गरी १०० जतिलाई निर्यात प्रतिबन्ध लगाइएको छ । रुसले फेब्रुअरी २४ फेब्रुअरी  २०२२ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेसन सुरु गरेको थियो ।





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार २२:३२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया