लोप हुँदै नेपाली मौलिक गहना [तस्बिरहरू]

समाजमा गहनाको ठूलो महत्त्व हुन्छ । अझ नेपाली केही समुदायमा जन्मदेखि मृत्युसम्म गहनाको महत्त्व धेरै छ । गहना श्रृंगार मात्रै होइन संस्कार पनि हो । 

गहना पुरुष र महिलामा मात्रै फरक होइन उमेर समूहका आधारमा पनि फरक फरक लगाइन्छ । पुरुष, स्त्री, बालबालिका, वृद्ध वृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन् । विभिन्न उमेरकाले लगाउने गहना फरक–फरक भएजस्तै शिरदेखि पाउसम्म पनि फरक–फरक प्रकारका गहना लगाइन्छ ।

तर अहिले आधुनिकीकरणसँगै बिस्तारै नेपाली समुदायमा जातजाति विशेष गहनाहरू लोप हुँदै गइरहेका छन् । आधुनिकतासँगै पौराणिक गहनाहरू लोप मात्रै होइन, केही गहनाको मान्यता बिर्सेर दुरुपयोग नै भइरहेको छ । महिलाले लगाउने बुलाकी, मारवाडी, पाते सुन, बाला, डुङ्ग्री, चाँद जस्ता पुराना एवं परम्परागत तरिकाले बनाइएका गरगहना लोप हुँदै जान थालेका छन् । 

जिल्लाका सहरी क्षेत्रमा बस्ने महिलाले मात्र नभई अधिकांश ग्रामीण भेगका महिलाले पुराना गहना लगाउन छोडेका छन् । महिलाले पनि यस्ता गहना छोडेर ब्रासलेट, नेकलेसजस्ता आधुनिक डिजाइनका गहना लगाउन थालेसँगै पुराना गहना लोप हुँदै गएका छन् । माङ्गलिक र सांस्कृतिक कार्यहरूमा पौराणिक कालदेखि लगाइँदै आएका गहनाहरूप्रतिको अभिरुचीमा कमी हुन थालेसँगै गहना बिस्तारै लोप हुँदै छन् ।

 बाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिमा विदेशी गहनाका आकर्षक विज्ञापनले परम्परादेखि लगाउँदै आएका गहना लगाउने चाहनामा कमी आई आयातित संस्कृतिले प्रवेश पाएको छ । जसले नेपाली समुदायका गरगहना लोपोन्मुख प्रायः छन् । पहिला आम जीवनमा प्रयोग हुँदै आउने गरगहनाहरू अहिले चाडपर्व विशेष अवसरमा मात्रै प्रयोग हुने गरेको छ ।



 हेर्नुहोस् न्युज एजेन्सी नेपालले संकलन गरेका तस्बिरहरू  : 

 



 

  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार १३:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया