नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा छ : अग्नि सापकोटा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपाललाई नेपालीहरुले नै रक्षा गर्नुपर्ने बताए । उनले नेपालीहरुलाई राजनीतिक दलहरुले बाटो देखाउनुपर्ने बताए । उनले राजनीतिक दलहरुले बाटो देखाउन नसके दलहरु सकिने दिन आउने बताए । उनले नेपाली जनतालाई ठिक ढंगले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी पुयाउन नसक्ने बताए । 

उनले भने, ‘नेपाल वास्तवमा अहिले जियोपोलिटिक्स सिच्वेशनका कारणले गम्भीर र जटिल पेचिलो अवस्थामा गएको छ । यो नेपाल नेपालीहरुको हो । नेपाललाई रक्षा नेपालीहरुले गर्दछन् । त्यसमा बाटो देखाउने काम राजनीतिक पार्टीहरुको हो । राजनीतिक पार्टीले इतिहासको यो आवाजलाई बुझ्न सकेनन् भने उनीहरु पनि पछि पर्दछन् । मान्छेहरु भन्छन् नि, यो सधैँ स्वतन्त्र भइरहेको छ । एकदिन त्यस्तो बिन्दु आउन सक्छ । जुन दिन सदाका लागि हामी सिद्धिने दिन आउँछ । तर नेपाली जनतालाई ठिक ढंगले गाइड गर्ने हो भने धर्तीको कुनै तागतले हामीलाई सिध्याउन सक्दैनन् । आवश्यकता हामी जनतामा भर पर्नुपर्छ । आत्मनिर्भर हुनुपर्छ ।’

उपाध्यक्ष सापकोटाले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र प्रियतावाद बढिरहेको बताए । उनले कतिपय प्रियतावादीहरुलाई राजनीति चटकबाजी लागिरहेको बताए । 





  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार १४:१७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया