logo-img

सुपर त्रिशूली हाइड्रोपावरको अनुमति लिने-दिने दुवै प्रश्नको घेरामा छन् : स्वर्णिम वाग्ले
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँ, चितवन र गोरखा तीन जिल्लासँगै जोडिएको तल्लो त्रिशूली नदीमा प्रस्तावित १ सय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रो पावर निर्माणको तयारीले त्यहाँको र्‍याफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय पैदा गरेको भन्दै सदनलाई जानकारी गराएका छन् ।  

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद वाग्लेले प्रस्तावित हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन समेत राम्ररी नगरेको जानकारी गराए । 

‘पृथ्वी राजमार्गको फिस्लिङ खण्ड जुन अलिकति रणनीतिक र संवेदनशील खण्ड पनि हो । त्यहाँ १ सय मेगावाटको सुपर त्रिशूली हाइड्रो पावर प्रस्तावित रहेछ । यसले राफ्टिङ गतिविधि,पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय उत्पन्न भएको छ । इआइए पनि राम्ररी नगरिएको गुनासो छ । आयोजनाको अनुमति माग्ने र अनुमति दिने संस्थाहरू प्रश्नको घेरामा छन्,’ सांसद वाग्लेले भने । 







  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १३:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया