ज्ञानेन्द्र शाहीको दाबी : संविधानले विद्यमान राजनीतिक व्यवस्था चाहिँदैन भन्ने अधिकार पनि दिएको छ
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले संघीय लोकतान्त्रिक गणतन्त्र चाहिने वा नचाहिने भन्नेकुरा पनि रोज्न पाइने व्यवस्था संविधानले नै गरेको जिकिर गरेका छन् ।   

आइतबार प्रतिनिधि सभा बैठकमा उनले नेपालको संविधानको धारा २७४ ले यो व्यवस्था चाहिने वा नचाहिने भन्नेकुरा पनि संशोधन गर्न पाइन्छ भन्नेकुरा स्पष्ट उल्लेख गरिएको दाबी गरेका हुन् ।

प्रमुख सचेतक शाहीले आफूले फरक विचार राख्दैमा केही सांसदले राजीनामा मागेको भन्दै आक्रोश व्यक्त गरे । उनले जुम्लाका जनताले आफूलाई निर्वाचित गराएर पठाएको हुनाले कुनै अमुक व्यक्तिले राजीनामा माग्दैमा दिन नसकिने उनको भनाइ थियो । 

सांसद शाहीले आफूहरूले हत्या, हिंसा कुनै पनि जघन्य अपराध गरेर नआएको हुनाले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको पनि दोहोर्याए । उनले आफूले जातको नाममा, धर्मको नाममा आफूले हिंसा नगरेकाले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताए । 
 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १३:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया