आइसिसी क्रिकेट विश्वकप लिग–२ जारी सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाएका छन् ।
उनले ८.४ ओभरमा माइकल लेविटलाई ३९ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.३ ओभरमा १ सय ७२ रनमा अलआउट भयो ।
नेपालका लागि कुशल भुर्तेलले ९३ बलमा आठ चौकासहित सर्वाधिक ६६ रनको पारी खेले । एकदिवसीयमा कुशलको यो आठौँ अर्धशतक हो । यस्तै, करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र रोहित पौडेलले १६ रन बनाए ।
नेदरल्याण्ड्सका लागि भिभियन किङ्मा र आर्यन दत्तले तीन/तीन, बास डी लीडेले दुई र रोइलोफ भ्यान डेर मर्वेले एक विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।