राष्ट्रिय फुटबल : एनआरटी विजयी

न्यू रोड टिम (एनआरटी) ले थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
    
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एनआरटीले थ्रीस्टार क्लबमाथि १–० को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । एनआरटीको जितमा विवेक गुरुङ नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै एनआरटीका लागि निर्णायक गोल सावित भयो ।
    
सञ्जीव विष्टलाई पेनाल्टी एरियामा थ्रीस्टारका खेलाडी खेमराज श्रेष्ठले लडाएपछि एनआरटीले फ्रिकिकको अवसर पाएको थियो । जसको सदुपयोग गुरुङले गरे । 
    
राष्ट्रिय युवा सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले ११ लाख तथा उपपिवेताले पाँच लाख प्राप्त गर्नेछन् । 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १६:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया