मिटरब्याजपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

सरकार र मिटरब्याजपीडितबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ। आइतबार बेलुका गृह मन्त्रालयमा भएको मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीचको वार्ता निष्कर्षविहीन भएको हो । 

दुई पक्षबीच सोमबार पुनः वार्ता हुने भएको छ। सरकारले वार्ताका लागि गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। 

मिटरब्याज पीडितको तर्फबाट अवधेश कुशवाहको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली गठन भएको छ । कुशवाह मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष पनि हुन् । 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार २२:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया