logo-img

काखैको होस् की पाखैको होस् ठग र भ्रष्टलाई सबै मिलेर कारबाही गरौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् आरोप प्रत्यारोपमै सीमित बनेको बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन नपाएको गुनासो गरे । 

उनले भने, ‘विगत केही दिनदेखि यताकोले उता पक्ष र उताकोले यताको पक्षको दाग देखाउने काम भइरहेको छ । यही पाराले त न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायामा पर्ने भयो ।’ 

उनले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गरे । उनले सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको बताए । 



उनले भने, ‘आसनको दायाँ बस्ने होस् की बायाँ बस्ने होस्, काखैको होस् की पाखैको होस्, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ । अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाएर अनुसन्धान गर्न लगाऔँ । यत्ति गर्न सके होला ? निर्दोष भए फर्किएर आउला, फूल माला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नु होला । अलि सफा गर्न सके मिटरब्याज, दूध किसानको बारेमा, एनसेलको प्रतिवेदनको बारेमा जमेर छलफल गर्न सकिन्छ ।’

महामन्त्री थापाले संसद् सफा गर्न सकेमात्रै मिटरब्याज, दूध किसानको समस्या समाधानका बारेमा छलफल गर्न सकिने बताए ।  





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १३:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया