अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाले चालू आर्थिक वर्ष (२०८०/०८१) वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको छ ।
केन्द्रीय कार्यसमितिमा रहेको विवादकाबिच सोमबार बसेको एन्फाको वार्षिक साधारणसभाले वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।
प्रवक्ता सुरेश शाहका अनुसार, चालूआर्थिक वर्ष २०८०/८१ कोअनुमानित बजेट ६७ करोड ६७ लाख ६६ हजार ०६० रुपैयाँ छ । यस्तै साधारणसभाले राष्ट्रको फुटबल क्षेत्रलाई चलायमान बनाउन बार्षिक क्यालेन्डर समेत पास गरेको छ ।
साधारणपछि गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शाहले एन्फाको १ सय ५ प्रतिनिधिमध्ये ७४ जना साधारणसभामा उपस्थित भएको दाबी गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाको बन्द सत्र सुरू हुनुअघि विवाद भएको थियो ।
विवादका कारण एन्फा कार्यसमितिको २१ मध्ये ११ जनाले उदघाटन सत्रमा समेत भाग लिएनन् । १० जनाले विरोध गर्दै भाग नलिदा एक उपाध्यक्ष भने सम्पर्कविहीन छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।