logo-img

अञ्जु पन्त र प्रताप दासको स्वर रहेको ‘बादलभित्र’ सार्वजनिक

‘बादलभित्र..’ गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । अञ्जु पन्त र प्रताप दासको स्वर रहेको गीतको म्युजिक भिडियोमा दिनेश विष्ट र हिर शाहीले अभिनय गरेका छन् ।   

म्युजिक भिडियोको छायाँकन बागलुङको ढोरपाटन, पोखराको फेवाताल लगायत पर्यटकीय गन्तव्यमा गरिएको छ । विष्ट र शाहीको जोडी पछिल्लो समय जम्दै गएको छ । ‘मायाको खेलमा...’ गीतको म्युजिक भिडियोमा पनि उनीहरूको अभिनय थियो । 

विष्णु भण्डारीको शब्द रहेको ‘बादलभित्र’ मा अर्जुन पोखरलले संगीत भरेका हुन् भने एरेन्ज कुशल सिंहले गरेका हुन् । विक्रम चौहानको निर्देशन एवं रहेको म्युजिक भिडियोको छायाँकन प्रकाश खड्काले गरेका हुन् । सम्पादन र ग्राफिक डिजाइन लक्ष्मण चौहानको रहेको छ ।

निर्देशन एवं गायन क्षेत्रमा पनि रहेका विष्ट पछिल्लो समय अभिनयमा व्यस्त छन् । विष्टले यसअघि ‘राजारानी,’ ‘हाँसीहाँसी’, ‘माया खेलैमा’ लगायत गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘मायाको खेलैमा’ गीतमा शान्ति श्री परियार र दिनेश विष्टको स्वर छ ।  





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १७:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया