नेपाल क्रिकेट संघ (क्यान)ले १९ वर्षमुनिको महिला क्रिटेट टोलीको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई नियुक्त गरेको छ ।
सन् २०२७ मा हुने यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितालाई ध्यानमा राखेर प्रशिक्षक नियुक्त गरेको क्यानले जनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले संयुक्त रूपमा नेपाल र बंगलादेशलाई सन् २०२७ को यु–१९ महिला विश्वकप आयोजना गर्न भनेको छ ।
त्यो प्रतियोगितलाई मध्यनजर गर्दै क्यानले मिसन २०२७ भनेर यु–१६ महिला अन्तरस्कुल ट्यालेन्ट हन्ट तथा प्रशिक्षणका कार्यक्रमलाई सातै प्रदेशमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, क्यानले प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले, प्राविधिक समिति संयोजकविक्रम विष्ट, विकास समिति संयोजक धीरेन्द्र सावद र महिला क्रिकेट विकास समिति संयोजकमा प्रदीप मजगैँयालाई नियुक्त गरेको छ ।
क्यानले नेपाल ए टिमको प्रमुख प्रशिक्षकको रूपमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षकमा कलाम अलीलाई नियुक्त गरेको पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।