डब्ल्यूपीएलमा दिल्ली क्यापिटल्सको सानदार जित

भारतमा जारी महिला प्रिमियर लिग (डब्ल्यूपीएल) मा दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा दिल्लीले युपी वारियसविरुद्ध ९ विकेटले जित निकालेको हो ।

बैंग्लोरको एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको युपीको टोलीले ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । दिल्लीले १२० रनको लक्ष्य १ विकेटको क्षतिमा एक विकेट गुमाएर पूरा गर्‍यो ।  

खेलको सुरुमा दिल्लीकी कप्तान मेग ल्यानिङले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् । युपीको सुरुवात निकै खराब रह्यो र पहिलो ३ विकेट १६ रनमा मात्रै खसेको थियो । जसमा वृन्दा दिनेश शून्य, ताहिला म्याकग्रा एक र कप्तान एलिसा हेली १३ रनमा पवेलियन फर्किए । 

मिडल अर्डरमा आएकी ग्रेस ह्यारिसले १७ रनको छोटो इनिङ खेलिन् । तर, उनी पनि राधा यादवको स्पिनमा फस्न पुगिन् । पाँच नम्बरमा ब्याटिङ गर्न आएकी श्वेता सेहरावतले सर्वाधिक ४५ रन बनाएर युपीको स्कोर १ सयभन्दा माथि पुर्‍याउन महत्वपूर्ण योगदान दिइन् ।    

दिल्लीका लागि राधा यादवले चार र मरिज्ने क्यापले तीन विकेट लिए । १२० रनको लक्ष्यको जवाफमा दिल्लीको टोलीका ओपनिङ ब्याटरले एकतर्फी जित दिलाए । कप्तान मेग ल्यानिङ र शेफाली वर्माले ११९ रनको साझेदारी गरे । 



मेग लानिङले ४३ बलमा ६ चौका सहित ५१ रनको महत्वपूर्ण इनिङ खेले भने अर्को छेउमा शेफाली वर्माले पनि तुफानी पारी खेलिन् । शेफालीले ४३ बलमा ६४ रन बनाइन् । उनले आफ्नो इनिङमा ६ चौका र ४ छक्का प्रहार गरिन् ।



जेमिमाह रोड्रिग्सले अन्तिममा आएर चौका प्रहार गर्दै दिल्लीलाई प्रतियोगिताको पहिलो जित दिलाइन् । युपीले दिल्लीविरुद्ध लिएको एक मात्र विकेट सोफी एक्लेस्टोनको नाममा रह्यो ।  

डब्ल्यूपीएलअन्तर्गत आज राति रोयल च्यालेन्जर्स बैंग्लोर र गुजरात जायन्ट्स आमनेसामने हुने छन् । यो खेल राति पौने ८ बजे सुरु हुनेछ । प्रतियोगितामा दिल्लीको यो पहिलो जित जित हो । यता युपीको यो लगातार दोस्रो हार हो । 

  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार ९:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया