logo-img

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता, करणले दिलाए ब्रेकथ्रू
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाएका छन् । उनले छैटौँ ओभरको अन्तिम बलमा माइकलभाल लिङ्गेनलाई २० रनमा क्याच आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । त्यसअघि लिङ्गेनले ४ रनमा जीवनदान पाएका थिए । 

नेपालले आज टस हारेर पहिला फिल्डिङको गरिरहेको हो । टी–२० अन्तर्राष्ट्रियमा नेपाल र नामिबिया पहिलोपटक एकअर्काविरुद्ध खेलिरहेका हुन् । दुवै टिम आज पहिलो भेटमै खेल जित्दै इतिहास रच्न चाहन्छन् । नेपाल घरेलु मैदानको फाइदा उठाउँदै नामिबियालाई स्तब्ध पार्ने दाउमा छ । उता पाहुना टिम नामिबिया आफ्नो लय कायमै राख्दै नेपाललाई हराउने योजनामा छ ।    

आइसिसी टी–२० आई वरियतामा नामिबिया ११औँ र नेपाल १६औँ स्थानमा छ । नामिबिया, नेपाल, नेदरल्याण्ड्स आसन्न विश्वकपको तयारीस्वरूप टी–२० आई सिरिज खेल्न लागेका हुन् । १ जुनदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा नेपाल र नेदरल्याण्ड्स समूह ‘डी’ र नामिबिया समूह ‘बी’ मा छ ।



नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, विवेककुमार यादव, गुलशन झा, सोमपाल कामी, करण केसी र अविनाश बोहरा ।





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार १२:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया