logo-img

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमै गुमायो विकेट
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० सिरिजमा नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो बलमै विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई शून्यमै गुमाएको हो । उनलाई रुबेन ट्रम्पलम्यानले एल्बीडब्लू आउट गरे ।   

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो । उसका लागि मध्यक्रमका ब्याटर जान निकोल लोफ्टी-इटनले कीर्तिमानी शतकीय इनिङ खेले । 

३६ बलको सामना गरेका उनले ११ चौका र ८ छक्कासहित १ सय १ रनको इनिङ खेलेका हुन् । इटनले ३३ बलमै शतक पूरा गर्दै विश्वकीर्तिमान बनाए । यसअघि टी–२० आईमा सर्वाधिक छिटो शतक बनाउने रेकर्ड नेपाली अलराउन्डर कुशल मल्लको नाममा थियो । उनले गत वर्ष मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।



यस्तै, नामिबियाविरुद्ध मलान क्रुगरले अविजित ५९, माइकलभान लिङ्गेनले २० र जेपी कोएट्जेले ११ रन जोडे । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले दुई, अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिए । 
  
टी–२० अन्तर्राष्ट्रियमा नेपाल र नामिबिया पहिलोपटक एकअर्काविरुद्ध खेलिरहेका हुन् । दुवै टिम आज पहिलो भेटमै खेल जित्दै इतिहास रच्न चाहन्छन् । आइसिसी टी–२० आई वरियतामा नामिबिया ११औँ र नेपाल १६औँ स्थानमा छ । 
 





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार १३:१८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया