logo-img

नेदरल्याण्ड्सविरुद्ध नेपालको राम्रो सुरुवात, करणले लिए पहिलो विकेट
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा नेदरल्याण्ड्सको पहिलो विकेट तीव्र गतिका बलर करण केसीले लिए । उनले तेस्रो ओभरको पहिलो बलमा म्याक्स ओ’दाउदलाई ४ रनमा दीपेन्द्र सिएह ऐरीको हातबाट क्याच आउट गराए । 

नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । आजको खेलमा नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले विवेककुमार यादव र अविनाश बोहरालाई विश्राम दिएर तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशीलाई प्लेइङ–११ मा मौका दिएको हो । 

सिरिजमा पहिलो खेल हारिसकेको नेपाल दोस्रो म्याचमा उत्कृष्ट पुनरागमन गर्ने योजनामा छ । नेपालले पहिलो खेलमा मंगलबार नामिबियासँग २० रनको हार बेहोरेको थियो । 
 







  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार ११:४३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया