logo-img

कैलालीमा १४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिका–१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाटखटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १२:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया