logo-img

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कपिलवस्तु, झापा र चितवनमा भएका दुर्घटनामा परी तीनजनाको मृत्यु भएको हो ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ मा लुम्बिनी प्रदेश ३ च ४३८३ नम्बरको पिकअपले लुम्बिनी प्रदेश १३ प १८१९ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–२ घर भई बुद्धभूमि नगरपालिका–४ बुढ्डी चोक बस्ने ५५ वर्षीय सितल कहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

त्यस्तै, झापाको मेचीनगर नगरपालिका–४ कालिखोलास्थित सडकमा साइकलबाट लडेर साइकलयात्री सोही नगरपालिका–५ बस्ने ५० वर्षीय काले कुमालको बुधबार साँझ मृत्यु भएको छ । 

लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उता चितवनको रत्ननगर नगरपालिका–९ स्थित सडकमा प्रदेश २–०३–००१ ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री (हाल नाम, थर, वतन नखुलेका)  अन्दाजी ५५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।   





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १२:२१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया