आमा बन्दै दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छन् । उनले आगामी सेप्टेम्बरमा पहिलो सन्तानलाई जन्म दिँदै छिन् । दीपिकाले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी छन् । यो खबर सार्वजनिक भएसँगै अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिकाका फ्यान खुसी भएका छन् ।

गत दुई महिना यता दीपिका गर्भवती रहेको चर्चा बाहिर आइरहेको थियो । रणवीर र दीपिकाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् । तर, उनले सामाजिक सञ्जालमा आफू आमा बन्न लागेको खबर सार्वजनिक गर्नासाथ चर्चा सत्य पुष्टि भएको छ । 

दीपिकाले आफ्नो इन्स्टाग्राम एकाउण्टमा डेलिभिरी डेटसहित जानकारी दिएकी छन् । ‘बेबी सेप्टेम्बर २०२४’ उनले लेखेकी छन् । यो पोस्ट आएसँगै कमेन्टको बाढी लागेको छ । बलिउडका सेलिब्रेटीहरुले बधाई दिइरहेका छन् ।

हालै सम्पन्न बाफ्टा अवार्डमा सहभागी भएपछि दीपिकाको एक भिडियो इन्स्टाग्राममा सार्वजनिक भएको थियो । भिडियोमा उनको बेबी बम्प स्पष्ट देखिन्थ्यो । यो भिडियोसँगै उनी गर्भवती भएको चर्चा बलिउडमा थियो । दीपिका र रणवीरले १४ नोभेम्बर सन् २०१८ मा विवाह गरेका थिए ।  





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १२:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया