आँखाका बिरामीको शल्यक्रियामा व्यस्त छन् डा. सन्दुक रुइत

नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आजदेखि गृहजिल्ला ताप्लेजुङका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गरेका छन् । उनले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गरिरहेका हुन् । 

जिल्लास्थित नेपाल नेत्रज्योति संघले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो । 

शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा. रुइत गृहजिल्ला आएको संघका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए । विभिन्न गाउँ–गाउँबाट शल्यक्रियाका लागि सिफारिस भइआएका ९८ जना आँखारोगीको शल्यक्रिया गर्न सुरु भएको छ । 

आजदेखि सुरु भएको शल्यक्रिया तीन दिनसम्म सञ्चालन हुने संघले जनाएको छ । डा. रुइतले शल्यक्रिया गर्ने भएपछि आज नाम दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रहेको संघका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए ।  





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १३:४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया