सांसद थापाको गुनासो : समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भएनन्
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले सीमित घराना र उद्योगीलाई फाइदा पुगोस् भन्ने हिसाबले प्रतिस्थापन विधेयक ल्याउनु नहुने बताए । थापाले समितिले निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने समितिमा भएको छलफलको औचित्य नहुने टिप्पणी पनि गरे । 

‘नेपालमा के आधारमा अन्तःशुल्क कर, सबैले बुझेकै छौँ । सीमित घराना र उद्योगीहरूलाई फाइदा पुगोस् भन्ने हिसाबले प्रतिस्थापन विधेयक आएको छ । त्योमार्फत बन्द भएका स्टिल उद्योगहरूले यहाँ निवेदन दिइसकेका छन् । यो उद्योगलाई कसरी अघि बढाउन सकिन्छ ? कसरी गुणस्तरीय सामग्री दिनुपर्छ भन्नेबारेमा छलफल हुनुपर्छ,’ उनले भने, ‘निर्देशन दिने र सम्बोधन गरेर अघि बढ्ने दिशामा हामी जानुपर्छ । हामी निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने यहाँ बसेर हामीले छलफल गरेको काम लाग्दैन, औचित्य हुँदैन ।’  

बिहीबार समितिमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पन्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको ६ असार २०७० को निर्णय कार्यान्वयन सम्बन्धमा छलफल भएको हो ।  





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १३:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया