राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २१ गते

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको शपथ यही फागुन २१ गते हुने भएको छ । 

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरूको शपथ फागुन २१ ग्तेका लागि राखिएको संघीय संसद सचिवालयले जनाएको छ । 

उनीहरूको शपथ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा हुनेछ । 

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन आग्रह गरिएको छ ।
 





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १९:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया