ओलीको टिप्पणी : अचम्म लाग्छ, अर्थमन्त्रीले कुन अर्थशास्त्रमा कहाँबाट पिएचडी गर्नुभएछ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न नसकेको बताएका छन् । आइतबार संसद भवनमा पार्टीका सांसदलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

वर्तमान सरकार अलोकतान्त्रिक र शक्ति पृथकीकरणको सिद्धान्त नबुझेको सरकार रहेको बताउँदै उनले अर्थमन्त्री डा. प्रकाशशरण महतमा नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने घमण्ड देखिएको आरोप लगाए । अर्थमन्त्रीले ०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्याउन खोजेकाले देशको अर्थतन्त्र ओरालो लागेको उनको अराोप छ । 

उनले भने, ‘यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरणको वास्तवमा सिद्धान्तै नबुझेको । यस स्तरको सरकार, यस स्तरको अर्थमन्त्री र अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम कानुन, मर्यादा, प्रचलन आदि केही हेर्नुपर्दैन भन्ने लागेको छ । त्यो देखिन्छ । न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ । सुनेको, अर्थशास्त्रमा पिएचडी गर्नुभएको भन्ने, कुन अर्थशास्त्रमा कहाँबाट पिएचडी गर्नुभएछ ? अचम्म लाग्छ । देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, ०४८, ०५० सालमै असफल भइसकेको सिद्धान्त फेरि दोहोर्याउन खोजिएको छ । यो सरकार बन्नु नै नहुने सरकार थियो ।’

उनले सरकार कसैले बनाइदिएर कसैले टिकाइदिएको बताउँदै ओलीले नेकपा एमाले आइपरे सत्तामा जाने पनि बताए । 





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १७:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया