सेनिटरी प्याड खरिद प्रकरणमा धनुषाको सहिदनगरका पूर्वप्रमुखसहित नौजनाविरुद्ध मुद्दा

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकाका पूर्वप्रमुख, उपप्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

काठमाडौंस्थित विशेष अदालतमा आइतबार मुद्दा दायर भएको हो । मुद्दा पूर्वप्रमुख उदयकुमार यादव, उपप्रमुख शीलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, श्रीमावि हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सवइन्जिनियर सरोजकुमार महतो र धनुषाको रेजा ट्रेडिङ एवं रेजा टुडे पत्रिकाका प्रकाशक अकबर मन्सुरविरुद्ध दायर गरिएको आयोगले जनाएको छ । 

सेनेटरी प्याड खरिदका लागि नगरपालिकाले रेजा ट्रेडिङलाई १३ लाख ९३ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी दिएको थियो । आयोगका अनुसार खरिद सम्झौता ०७७ फागुन १९ मा भएको थियो । तर, आपूर्ति त्यसको ६ दिनअघि नै भएको खुलेको छ ।

सेनेटरी प्याड आपूर्तिका लागि सूचना रेजा दैनिकमा प्रकाशित गरेर खरिद सम्झौता गरिएको त्यसबेला नगरपालिकाले जनाएको थियो । 

तर, आयोगले सूचना उक्त पत्रिकामा प्रकाशित नै नभएको दाबी गरेको छ । बदनीयतपूर्ण ढंगले खरिद सम्झौता भएको पाइएको भन्दै आयोगले मुद्दा दायर गरेको हो । 
 





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १८:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया