logo-img

पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना, दिउँसोबाट मौसममा क्रमिक सुधार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिकदेखि मौसम सामान्य बदली रहनेछ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।   

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

सोमबार राति कर्णाली, सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो वर्षको प्रि–मनसुन सुरुआत भएसँगै शनिबारदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा भएको छ । पहाडी तथा उच्च पहाडी र हिमाली भू–भागमा बाक्लो हिमपात पनि भएको छ ।  

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै जुम्लामा १४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यस्तै, बाँकेमा पनि १४ दशमलव २ मिलिमिटर वर्षा भएको छ ।  





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ७:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया