logo-img

तोडियो गठबन्धन, आज नै मन्त्रिपरिषद् गठन गरिने
फाइल तस्बिर

सत्ता गठबन्धन टुटेको छ । आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमतिअनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने निर्णय गरेको हो ।

योसँगै आज नै मन्त्रिपरिषद् समेत गठन हुने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जनाएका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरू दलसँग पनि कुरा हुँदै गरेको नेताहरूले बताएका छन् ।   

पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेपछि बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको छ । 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ९:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया