logo-img

भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैर कानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध २६ लाख ८२ हजार १४ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्न रपा शाहीविरुद्ध पनि समान बिगो दाबी गरेको छ । 

सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदाता संस्थामार्फत खटिएका सामाजिक परिचालक संयोजक प्रकाश बुढथापाविरुद्ध समान बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । यस्तै, सोरु–९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगीविरुद्ध पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको उनले बताए ।  





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १६:२५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया