logo-img

तीन मन्त्रीले लिँदै छन् शपथ

सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ आज साँझ ५ बजे हुने भएको छ । प्रधानमन्त्री कार्यालयले शपथका लागि राष्ट्रपति कार्यालयलाई पत्र पठाएपछि शीतल निवासमा शपथको तयारी थालिएको हो ।

नेकपा माओवादी केन्द्रले सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत रहेका डिपी अर्यालले मन्त्रीको शपथ लिने स्रोतले बताएको छ । 

संघीय सत्ता समीकरण फेरबदल भएपछि प्रदेश सरकारमा पनि उथलपुथल हुने निश्चित भएको छ ।  





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १६:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया