logo-img

झलनाथ भन्छन्- नयाँ गठबन्धनमा तत्कालै सामेल हुँदैनौँ, अहिलेलाई ‘वेट एण्ड सी’
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन खडा गरेर आजै नयाँ मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेपछि नेता खनालले त्यस्तो बताएका हुन् ।  

सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ गठबन्धनको नीति, कार्यक्रम र चरित्रबारे बुझेर फाइनल दृष्टिकोण बनाउने बताए । उनले भने, ‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउनुपर्‍यो । अहिलेलाई वेट एण्ड सी ।’ 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १७:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया