माल्दिभ्समा सँगै अर्जुन र मलाइका !

एजेन्सी— अहिले बलिउडमा सबैभन्दा बढी चर्चामा कोही छन् भने अर्जुन कपुर र मलाइका अरोडा खान छन् । यी दुईले एकअर्कासँगको सम्बन्ध स्वीकार गरिसकेका छैनन् तर उनीहरु अधिकांश ठाउँहरुमा सँगै देखिएका छन् । यी दुई कहिले फिल्म हेर्न सँगै पुगेका छन् भने कहिले आफन्तहरुको पार्टीमा पनि । त्यसैले त यी दुई विवाह बन्धनमा बाँधिने चर्चा पनि चलेका छन् । कतिले त उनीहरुको विवाह अप्रिलमा नै हुने पनि अड्कलबाजी लगाए । 

तर, यो खबर अफवाह मात्र भएको अब पुष्टि भइसकेको छ । उनीहरुले विवाह गर्ने कुरा अफवाह भएको पुष्टि भए पनि अर्जुन र मलाइका दुवैजना माल्दिभ्स चाहिँ सँगै पुगेछन् । यी दुवैले आआफ्ना इन्स्टाग्राममा माल्दिभ्सका तस्वीरहरु राखेका छन् । तर, दुवैले आफूहरु दुवै सँगै भएको चाहिँ बताएका छैनन् । उनीहरुले नबताए पनि उनीहरुको एकाउन्टमा सँगसँगै एउटै ठाउँका तस्वीर आएकाले भारतीय मिडियाले अनुमान लगाएका छन्– उनीहरु सँगै घुम्न त्यहाँ पुगेका हुन् । त्यसो त अधिकांश कमेन्टहरुमा पनि उनीहरु दुवै जनाको त्यहाँ पुगेको कुरा नै उल्लेख भएको छ ।





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार ११:१६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया