माधवकुमार नेपाललाई फकाउन दाहाल र ओली पुगे काेटेश्वर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास काेटेश्वर पुगेका छन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका छन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर लागेपछि एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन । प्रधानमन्त्री प्रचण्डले भने सोमबार पनि अध्यक्ष नेपालको निवासमै पुगेर छलफल गरेका थिए ।

एमाले अध्यक्ष ओलीले पनि हिजै नेपाललाई फाेन गरेर प्रधानमन्त्री प्रचण्डकाे प्रस्तावमा आफ्नो पनि समर्थन रहेकाे बताएका थिए । 

मंगलबार पुनः प्रधानमन्त्री प्रचण्डसँगै एमाले अध्यक्ष ओली कोटेश्वर पुगेका हुन् । अहिले दाहाल, ओली र नेपालबीच त्रिपक्षीय छलफल चलिरहेकाे छ । 





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार १९:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया