के कांग्रेसले रविलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेकाे हाे ?

नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदकाे प्रस्ताव गरेकाे छ । रास्वपा स्राेतले कांग्रेसकाे माथिल्लाे तहबाट आधिकारिक प्रस्ताव आएकाे दाबी गरेकाे हाे । 

आफूलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको प्रस्ताव आएको, तर उक्त प्रस्तावलाई आफूहरुले भने अस्वीकार गरेको रास्वपाको दाबी छ । कांग्रेसकाे प्रस्तावमा रास्वपाले गठबन्धनमा ८ बुँदे सहमति भइसकेकाले वर्तमान गठबन्धन छाडेर कहीँ  नलाग्ने जवाफ दिएकाे रास्वपाका प्रवक्ता मुकुल ढकालले बताए ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको खुलासा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्ते दाबी गरेका हुन् । 

केही पत्रकारले के कांग्रेसले फलाना (रास्वपा अध्यक्ष रवि लामिछाने)लाई प्रधानमन्त्री अफर गरेको हो ? भनेर सोधेको भन्दै उनले कसैलाई पनि यस्तो प्रस्ताव नगरिएको प्रस्ट्याएका हुन् । 

उनले लेखेका छन्, केही पत्रकार मित्र सोधिरहनुभएको छ– के कांग्रेसले ‘फलाना’लाई प्रधानमन्त्री ‘अफर’ गरेको हो ? स्पष्ट गरौँ– कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन !

कांग्रेस नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिकाको तयारीमा रहेको स्पष्ट पार्दै उनले नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्य गर्न सुझाब पनि दिएका छन् । 



नयाँ बनेको सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँटका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठसहितको कार्यदल गठन गरेको छ ।

वर्तमान गठबन्धनमा रास्वपाले गृह मन्त्रालयलाई आफ्नाे बटमलाइन बनाएकाे छ । गृहसहित चार मन्त्रालयमा रास्वपाकाे दाबी छ । गृहमा माओवादी स्वयंकाे दाबी छ । 



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई मनाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् । अर्थ मन्त्रालय भने एमालेले पाउने निश्चितजस्तै छ ।  


 

  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार २०:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया