नेकपा एसको सचिवालय बैठक बस्दै, सरकारमा जाने-नजानेबारे निर्णय गर्ने
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ । बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाइएको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ बनेको सत्ता समीकरणमा सामेल हुने/नहुने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । 

आजको बैठकपछि नै नेकपा एस नयाँ सत्ता गठबन्धनमा जान्छ वा जाँदैन भन्ने टुंगो लाग्नेछ । यसअघिको गठबन्धनमा सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी गराउन नेकपा माओवादी केन्द्र र नेकपा एमालेले तीव्र लबिङ गरिरहेका छन् । मंगलबार दुवै पार्टीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका थिए ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीव्र असन्तुष्ट बनेका नेपालले २०७८ भदौमा एमाले फुटाएर एकीकृत समाजवादी पार्टी दर्ता गरे । तत्कालीन गठबन्धन सरकारसँग मिलेर गत चुनाव लडेका नेपाल र ओलीबीच पानी बाराबारको स्थिति थियो । ओलीले मंगलबार दिउँसो फोन गरेर गठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह मात्र गरेनन् उनी विगतको तिक्तता भुलेर मंगलबार साँझ दाहालसँग नेपाललाई फकाउन उनको निवाससमेत पुगे । 

मंगलबार साँझ भएको तीन शीर्ष नेताको छलफलमा नेपाल सकारात्मक देखिएको बताइए पनि नेकपा एसले सोबारे आजको बैठकमा छलफल गरेर निर्णय गर्ने भएको छ । 





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार ८:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया