माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् ।

सत्ता गठबन्धनमा सामेल हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल गरिरहेका नेपालसँग प्रतिपक्षी कित्तामा पुगेको कांग्रेस सभापति देउवाले भेट गर्न लागेका हुन् । 

देउवा केही बेरअघि मात्रै कोटेश्वरस्थित नेपालको निवासमा पुगेको स्रोतले जनाएको छ । नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन अनुरोध गरेका थिए ।  
 
 





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार ९:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया