नागढुंगाबाट लागुऔषधसहित युवक पक्राउ

लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार काठमाडौं चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापालाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार ती युवकको साथबाट १५ ग्राम खैरो हिरोइन बरामद भएको छ ।  
 
 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार ७:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया