रास्वपाको दाबी- बिग्रिएको राजनीतिक परिस्थितिमा रास्वपाले हस्तक्षेप गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिग्रेको राजनीतिक परिस्थितिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गरेर नयाँ गठबन्धन बनेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक परियारले बिग्रिएको राजनीतिक परिस्थितिलाई पार्टी सभापति रवि लामिछानेको पहलमा हस्तक्षेप गरिएको बताए । 

उनले रास्वपाले नयाँ गठबन्धन बनाउन मुख्य भूमिका खेलेको बताए । उनले पुराना पार्टीहरूले सदनमा प्रतिस्पर्धा र निर्वाचनमा सहकार्य गर्ने गरेका भन्दै आगामी दिनमा निर्वाचनमा प्रतिस्पर्धा र सदनमा सहकार्य गर्नुपर्ने बताए । उनले इलाम २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनावमा होमिने र जित्ने दाबी पनि गरे । 

उनले भने, ‘म जानकारी गराउन चाहन्छु, बिग्रेको राजनीतिक परिस्थितिलाई आज हाम्रो पार्टीका सभापतिको पहलमा हामीले हस्तक्षेप गरेका छौँ । र हामीले यो नयाँ गठबन्धन बनाउनमा मुख्य भूमिका खेलेका छौँ । हामी त सदनमा सहकार्य गरौँ भन्न चाहन्छौँ । निर्वाचनमा प्रतिस्पर्धा गरौँ भन्न चाहन्छौँ ।’

उनले आफूहरू प्रश्न गर्ने मात्रै नभई समस्याको समाधान गर्न पनि सरकारमा सामेल भएको बताए । विगतमा नेपाल बनाउन सुरु नै नगरिएको जिकिर गर्दै उनले अब नेपाल बनाउने काम सुरु हुने बताए । 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १५:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया