logo-img

गठबन्धनलाई प्रेम सुवालको ब्याङ्ग्य- घर पुगेर लुगा फेर्नु उथलपुथल होइन

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिद्धान्त र विचार नमिल्ने राजनीतिक दलहरूको निर्वाचन गठबन्धन र सत्ता गठबन्धनको परिणाम सुखद नहुने बताएका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा उनले नेपालको राजनीतिक अवस्था सुखद नभएको भन्दै विश्वासघात गर्नेलाई राजनीतिक दल भन्न नमिल्ने बताएका छन् । 

उनले भने, ‘तिहुन चखुवा राजनीतिक दलहरूमा एकले अर्कोलाई विश्वासघात र बेइमानी गर्नु, स्वाभाविक मानिन्छ । राजनीतिक दल निश्चित दर्शन अनुसार, जनताको इमानदार भएर सेवा गर्ने क्षेत्र हो । तर विश्वासघात गर्नेलाई राजनीतिक दल भन्न सकिँदैन । सिद्धान्त र विचार नमिल्ने राजनीतिक दलहरूको निर्वाचन गठबन्धन र सत्ता गठबन्धनको परिणाम सुखद हुँदैन । नेपालमा अहिलेको अवस्था पनि यही नै छ । सिद्धान्तहीन गठबन्धन गर्नेहरू अवस्था एक दिन उठ्नै नसक्ने गरी पछारिने छन् ।’



यस्तै, उनले  सिद्धान्तहीन गठबन्धन गर्नेहरू घुसलाई प्रसाद र भ्रष्टाचारलाई पूजा ठान्ने भन्दै सरकारको नेतृत्व पुँजीवादीले होइन, कामदार वर्गको प्रतिनिधित्वले गर्नुपर्ने बताए । 

उनले भने, ‘सिद्धान्तहीन गठबन्धन गर्नेहरू घुसलाई प्रसाद र भ्रष्टाचारलाई पूजा ठान्छन् । काममा भ्रष्टाचार गर्छन् । बाहिरबाट घर गएर लुगा फेर्नु उथलपुथल होइन, सरकारको नेतृत्व कामदार वर्गको प्रतिनिधित्वले गर्नुपर्छ, पुँजीवादी सरकारको नेतृत्व गरेर क्रान्तिकारीहरू केन्द्रित हुने दाबी गर्नु कम्युनिस्ट आन्दोलनलाई भड्खालोमा पार्नु हो ।’ 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १६:४१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया