नेपालविरुद्ध भारतको १० गोल

साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग १०–० को हार बेहोर्दै नेपालले च्याम्पियनसिपको यात्रा टुंग्याएको हो । 

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा भारतलाई जित दिलाउन गुरलिन गौर र पर्ल फर्नान्डेजले दुई–दुई गोल गरे भने अनिता ढुङ्डुङ, अनुस्का कुमारी, बोनिफिला सुल्लाई, गुरनाज कौर र रेहाना लिज जाकोबले समान एक गोल थपे । भारतले एक गोल भने नेपालबाट आत्मघाती उपहार पाएको हो । 

जितसँगै भारतले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । भारतले पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो । दोस्रो खेलमा भारतले बंगलादेशसँग ३–१ को हार व्यहोरेको थियो । भारतले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १७:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया