कबड्डी सुपर लिगमा आर्मी र पुलिस च्याम्पियन

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल कबड्डी संघको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्फ र आर्मीले पुरुषतर्फ कबड्डी लिगको उपाधि जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ४०–१३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि जित्यो । 

पुरुषतर्फ पनि सशस्त्र प्रहरी बलको एपिएफ टोली उपाधि जित्न असफल रह्यो । एपिएफ फाइनलमा विभागीय प्रतिद्वन्द्वी आर्मीसँग ३४–२४ स्कोरको अन्तरले पराजित हुन पुग्यो ।

विजेता पुलिस र आर्मीले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्‍यो । एपिएफको महिला र पुरुष दुवै टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार चित्त बुझाउनु पर्‍यो । 

बुधवारदेखि भएको शुरु भएको दुईदिने प्रतियोगितामा पुरुषतर्पm आर्मीका प्रदीप मिजार र महिलामा मानमति विष्ट उत्कृष्ट खेलाडी घोषित भए । दुवै ट्रफी प्राप्त गरे । उनी गत १९औं एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले कास्य पदक जित्दाकी सदस्यसमेत हुन् ।

महिलामा पुलिस, एपिएफ र उपत्यकाले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा आर्मी, एपिएफ, नेपाल पुलिस र उपत्यकाले प्रतिस्पर्धा गरेका हुन् । पुरुष र महिला दुवैमा लिगको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।  



प्रतियोगिताका विजेतालाई नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र संघका महासचिव अरविन्दकुमार झाले पुरस्कृत गरेका थिए ।  



  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १८:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया