इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडे

इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडेका छन् । शुक्रबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नापोलीले ६१ औँ मिनेट गोल गरेको थियो ।

नापोलीका कविचा क्वारात्सखेलियालले गोल गर्दै खेललाई अग्रता दिलाएका हुन् । तर, त्यसको ३ मिनेटमै टोरिनोले बराबरी गोल फर्काएको थियो । ६४ औँ मिनेटमा टोरिनोको लागि अर्नाल्डो सानाब्रियाले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो ।

त्यसपछि बाँकी समयमा थप गोल नहुँदा दुवै टोलीले एक एक अंक बाँडे ।  बराबरीसँगै जारी सिजन ८ खेलमा बराबरी गरेको नापोली २८ खेलबाट ४४ अंकसति तालिकाको सातौँ स्थानमा रहेको छ । 

उसले १२ खेलमा जित र ८ खेलमा पराजय बेहोरेको छ । यता, सामना खेलबाट ३८ अंक जोडेको टोरिनो १०औँ स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार ८:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया