आठ महिनामै बन्यो एक्स्ट्राटेक ओभल क्रिकेट मैदान, आज उद्घाटन गरिँदै

रूपन्देहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् । 

अस्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट मैदानको पहिलो चरणको संरचना तयार भएसँगै सोमबार उद्घाटन हुँदैछ । गत ३० जेठमा शिलान्यास गरिएको उक्त रंगशाला सम्पन्न गर्न सबैको साथ र सहयोग रहेको कुँवरले बताए । 

‘मैले आफ्नो काम सकेको छु । म सोमबार यसको नतिजाको पखाईमा छु । यति ठूलो प्रोजेक्टमा हात हालेपछि अलि समस्या त भयो नै । तर सम्पूर्ण नेपाली दाजुभाईको सहयोगमा सम्पन्न गर्न सकेका छौं । मैले अस्ट्रेलियाबाट सिकेको समयको महत्वका आधारमा काम गर्दा छोटो समयमा निर्माण सम्पन्न गर्न सफल भएका हौँ,’ कुँवरले भने । 

मैदान खेल्न तयार भए पनि अझै केही भौतिक निर्माण भने बाँकी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले बताए । मैदान उद्‍घाटनको दिन चार टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुनेछ । 

प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गर्नेछन् । 



सन् १९९६ को कप्तानी एलबी क्षेत्री, रेस्ट अफ नेपालको कप्तानी कलाम अली तथा रूपन्देही लेजेन्ड्सको कप्तानी हरिबहादुर थापाले गर्ने बताइएको छ । नेपालका पूर्वक्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बेस्डर छन् । 



  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार ६:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया