logo-img

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिकका सई खत्रीको मृत्यु

काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको निधन भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठका अनुसार खत्रीको उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार मृत्यु भएको हो ।

यही २० फागुनमा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनी घाइते भएका थिए । ठक्कर दिने बसका चालक नवराज गिरीलाई प्रहरीले सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।   







  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १०:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया