पिएनजीविरुद्ध सन्दीप जोराको आक्रामक अर्धशतक
फाइल तस्बिर

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको खेलमा नेपाली मध्यक्रमका ब्याटर सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् ।

उनले २१ बलमा तीन चौका र तीन छक्कासहित अर्धशतक पूरा गरेका हुन् । टी–२० आईमा जोराको यो दोस्रो अर्धशतक हो ।  उनले आज २६ बलमा चार छक्का र तीन चौकासहित ५६ रनको पारी खेले । टी–२० आई करियरमा जोराको यो करियरकै उच्च स्कोर हो । 

यस्तै, नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेर आउट भएका छन् । उनले आज ३९ बलमा चार छक्का र चार चौकासहित ५९ रनको इनिङ खेले । ​कुशलले ३२ बलमा चार चौका र तीन छक्कासहित अर्धशतक पूरा गरेका थिए । टी–२० आईमा उनको यो आठौँ अर्धशतक हो । 

पिएनजीविरुद्धको जारी खेलमा नेपालले तेस्रो विकेटको रूपमा आरिफ शेखलाई ४ रनमा गुमायो । उनलाई ९.३ ओभरमा पिएनजीका कप्तान असद भालाले विकेटकिपरबाट क्याच आउट गराए । 

नेपाल दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाउन पुग्यो । उनी ८.१ ओभरमा नोसैना पोकनाको बलमा एक रनमै आउट भए । नेपालले पहिलो विकेटको रूपमा ७.३ ओभरमा विनोद भण्डारीलाई गुमायो । उनले आज २२ बलमा दुई चौका र एक छक्कासहित २७ रनको पारी खेले । 



विनोदले जारी हङकङ भ्रमणका क्रममा गत शनिबार हङकङविरुद्ध ४२ रन बनाएका थिए । नेपालले आज टस हारेर पहिला ब्याटिङ गरिरहेको हो ।​ पिएनजीविरुद्ध नेपालले  प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ ।

नेपालले आज अविनाश बोहराको स्थानमा आकाश चन्दलाई मौका दिएको हो । सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेल वर्षाले प्रभावित भएपछि हङकङसँग नेपालले अंक बाँडेको थियो ।  



  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार ८:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया